एक्सेल डेभलपमेण्ट बैङ्कद्वारा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम सम्पन्न

एक्सेल डेभलपमेण्ट बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत गौरादह नगरपालिका अन्तर्गत बैगुनधुरा बजार भित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको छ ।

कार्यक्रममा अतिथिका रूपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेलज्यू साथै पूर्व बजार व्यवस्थापन समितिका अध्यक्ष सिताराम पोखरेलले बैङ्कको सो पहललाई धन्यवाद दिँदै बजारको सफाइ र फोहोर व्यवस्थापनमा सो प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उहाँहरू सो बैङ्कसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने बताउनु भयो ।

एक्सेल डेभलपमेण्ट बैङ्कका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकाल ज्यूले सो कार्यक्रमको महत्त्व प्रकाश पार्दै सफा र हरियाली सहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै सो डस्टबिन वितरण कार्यक्रममार्फत बैङ्कले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्‍याउने उद्देश्य राखेको बताउनुभयो ।

सो कार्यक्रममा बैङ्कका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाइमा योगदान पुर्‍याउन आह्वान गरे।

डस्टबिन वितरण कार्यक्रमसँगै बैङ्कले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैङ्कले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सो कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान त्यस्तै समाजसेवीहरू चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x