
सन् २०२३ को मे महिनामा कुल ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिएका छन् । एक वर्ष अघिको मे महिनामा कुल ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए ।सन् २०२३ को मे महिनामा, सन् २०२२ को मे महिनाको तुलनामा २४ हजार ०९५ बढी पर्यटक नेपाल भित्रिएका हुन् । यो सन् २०२२ को मे महिनाको भन्दा ४४.९४ प्रतिशतको वृद्धि हो ।
सन् २०२३ को मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन्। सो देशबाट मात्र ३६ हजार ५७५ पर्यटक नेपाल भित्रिएका हुन्। त्यसतै, अमेरिकाबाट ८ हजार ५४५, चीनबाट ४ हजार ६६७, बेलायतबाट २ हजार ९२७ र अस्ट्रेलियाबाट २ हजार १८४ पर्यटक नेपाल भित्रिएका छन्।
त्यसै गरी, बङ्गलादेशबाट २ हजार १६४ पर्यटक नेपाल भित्रिएका हुन् भने मलेसियाबाट १ हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ०९७ र दक्षिण कोरियाबाट १ हजार ०३९ पर्यटक नेपाल भित्रिएका छन्।
हालसम्मको मे महिनामा सन् २०१९ मा सर्वाधिक ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए।
 
सन् २०२३ को मे महिनामा ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    