
नेपालको प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै रहेको छ । नेपाल पर्यटनको हिसाबले संसारका उत्कृष्ट गन्तव्यहरूमध्येमा पनि पर्दछ ।
आज हामीले पछिल्लो एक दशकमा नेपालमा भित्रिएका पर्यटकको सङ्ख्या  बारे चर्चा गर्नेछौँ।
नेपाल पर्यटन बोर्डको  तथ्याङ्क हेर्दा सन् २०१३ मा सात लाख ९७ हजार ६१६  विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसै गरी सन् २०१४ मा सात लाख ९० हजार ११८ र  सन् २०१५ मा पाँच लाख ३८ हजार ९७०  विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ भने सन् २०१६ मा सात लाख ५३ हजार २ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
त्यस्तै गरी तथ्याङ्क अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ठुलो मात्रामा बढेर ११ लाख ७३ हजार ७२ पुगेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार १९१  विदेशी पर्यटक नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ जुन यो दशकको हालसम्मको सबैभन्दा धेरै सङ्ख्या हो । यसपछिका वर्षमा विश्व व्यापी कोरोना महामारीले पर्यटकको आगमनमा धेरै कमी आयो। फलस्वरूप  २०२० मा दुई लाख ३० हजार ८५ , सन् २०२१ मा एक लाख ४९ हजार ८३३ र सन् २०२२ मा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ। साथै सन् २०२३ को अप्रिल महिना सम्ममा कुल तिन लाख २६ हजार ५२८ पर्यटक नेपाल भित्रिएका छन्।
 
विगत एक दशकको पर्यटक आगमन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    