सन् २०२३ को अप्रिल महिनामा कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका छन् । एक वर्ष अघिको अप्रिल महिनामा कुल ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए ।सन् २०२३ को अप्रिल महिनामा, सन् २०२२ को अप्रिल महिनाको तुलनामा ३७ हजार १८४ बढी पर्यटक नेपाल भित्रिएका हुन् । यो सन् २०२२ को अप्रिल महिनाको भन्दा ६०.३७ प्रतिशतको वृद्धि हो ।
सन् २०२३ को अप्रिल महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन्। सो देशबाट मात्र ३१ अजार ४३७ पर्यटक नेपाल भित्रिएका हुन्। त्यसतै, अमेरिकाबाट ८ हजार ४१३, बेलायतबाट ५ हजार ४०९, चीनबाट ४ हजार ७७० र अस्ट्रेलियाबाट ३ हजार ८२८ पर्यटक नेपाल भित्रिएका छन्।
त्यसै गरी, थाइल्यान्डबाट २ अजार १०२ पर्यटक नेपाल भित्रिएका हुन् भने बङ्गलादेशबाट २ हजार २१७,रसियाबाट २ हजार ६६३ फ्रान्सबाट ३ हजार २११ र जर्मनीबाट ३ हजार २४६ पर्यटक नेपाल भित्रिएका छन्।
हालसम्मको अप्रिल महिनामा सन् २०१९ मा सर्वाधिक १ लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए।
सन् २०२३ को अप्रिल महिनामा ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
