
सन् २०२३ को पहिलो चार महिनामा विदेशी पर्यटक आगमनमा व्यापक वृद्धि आएको छ। गत वर्षको यसै अवधिमा पर्यटकको आगमनमा एक सय ३२ दशमलव ६७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार ३३६ पर्यटक नेपाल आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार ५२७ पर्यटक आएको तथ्याङ्कले देखाएको छ ।
वैश्विक कोरोना महामारीपूर्व सन् २०१९ को सोही अवधिमा चार लाख २० हजार ४४६, सन् २०२० मा दुई लाख २० हजार ६८२, सन् २०२१ मा ५५ हजार ४४७ र सन् २०२२ मा एक लाख ४० हजार ३३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बढी पर्यटक आउने राष्ट्रहरूको पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार ४३७ पर्यटक आएका छन् । त्यसै गरी अमेरिकाबाट आठ हजार ४१३, बेलायतबाट पाँच हजार ४०९, चीन बाट चार हजार ७७०, अस्ट्रेलियाबाट तीन हजार ८२ पर्यटक नेपाल आएका छन् ।
अप्रिल २०२३ मा नेपाल आएका पर्यटकहरू मध्य ३५.८८ प्रतिशत शार्क मुलुकबाट आएको देखिन्छ भने १४.८४  प्रतिशत शार्क बाहेकका अन्य एशियाली मुलुकबाट आएका छन्, त्यसै गरी युरोपबाट  २४.८४ प्रतिशत, अमेरिका र क्यानडाबाट १०.२१  प्रतिशत र बाकी पर्यटक अन्य देशबाट आएका छन्।
 
ह्वात्तै बढ्यो पर्यटक आगमन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    