साताको चाैँथाे कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ४९ अङ्कले बढेर १९५९ दशमलव १२ को विन्दुमा कायम भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले ९.९६ प्रतिशत, शिवम् सिमेन्ट लिमिटेडका शेयरधनीहरुले ६.७६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का शेयरधनीहरुले ६.६९ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ६.५६ प्रतिशतका दरले कमाएका छन् ।
यता, सानिमा इक्वीटि फण्डका लगानीकर्ताहरूले ३.७७ प्रतिशतले गुमाउँदा अजोड इन्स्याेरेन्स लिमिटेड ३.६३ प्रतिशत, सुपर मादी हाइड्रोपावर लिमिटेड ३.४० प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ३.२९ प्रतिशत र लिवर्टी इनर्जी कम्पनी लिमिटेड ३.०० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
