
सरकारले देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आइतबार र सोमबार बन्द रहने भएको छ।
सरकारको निर्णयसँगै आइतबार सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, विद्यालय र अन्य सार्वजनिक निकायहरू पनि सञ्चालनमा नआउनेछन्।
यसअघि दशैं बिदा असोज १८ गतेसम्म मात्र तोकिएको थियो। तर, निरन्तरको वर्षाका कारण उत्पन्न जोखिम र आवागमनमा देखिएका चुनौतीका कारण सरकारले आइतबार र सोमबार (असोज १९ र २०) का दिन थप बिदा दिने निर्णय गरेको हो।
नेप्सेले पनि सरकारी निर्णयअनुसार यही अवधिमा कारोबार स्थगित गर्ने जनाएको छ। मौसम सुधार भएसँगै आगामी मङ्गलबार देखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको छ।
 
सरकारको थप बिदासँगै नेप्से पनि दुई दिन बन्द रहने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    