साताको चौँथो कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर १८९२ दशमलव ०० को विन्दुमा कायम भएको छ । आज कूल २६४ कम्पनीहरूका २५ लाख ७१ हजार २०२ कित्ता शेयर रु. ८४ करोड ७० लाख २८ हजार २१९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७ करोड १ लाख ६०हजार ४५७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर रु ३ करोड ९० लाख ५० हजार १६९ बराबरको शेयर कारोबार भएको छ।
यता,एभरेष्ट बैङ्क लिमिटेडको ३ करोड १७ लाख ८७ हजार ७४३ कारोबार हुँदा हिमालयन डिस्टिलरी लिमिटेडको रु २ करोड ६० लाख ४६ हजार ५९४ र नबिल बैङ्क लिमिटेडको २ करोड ४८ लाख २१ हजार ५८६ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
