साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर १८७७ दशमलव ३२ को विन्दुमा कायम भएको छ। आज कूल २६४ कम्पनीहरूका ४४ लाख २२ हजार १८६ कित्ता शेयर रु. १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८ करोड ६३ लाख ४८ हजार ४३६ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको शेयर रु. ७ करोड ११ लाख १० हजार ४८० बराबरको शेयर कारोबार भएको छ।
यता, एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ६ करोड ७६ लाख ७१ हजार ७७६ कारोबार हुँदा एभरेष्ट बैङ्क लिमिटेडको रु. ३ करोड ५९ लाख ८४ हजार ०३१ र नागरिक लगानी कोषको रु. ३ करोड ४५ लाख २१ हजार ०६३ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
