माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले जारी गरेको आईपीओमा २२ लाख ५ हजार ८७१ आवेदकले २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९७ हजार ५८२ आवेदकको आवेदन मान्य भएको छ भने ८ हजार २८९ आवेदन रद्द भएका छन्। सदर आवेदकमध्ये २ करोड ४४ लाख १२ हजार १७० कित्ता शेयरका लागि माग गरिएको थियो।
बाँडफाँड परिणामअनुसार १ लाख २४ हजार ८९० आवेदकलाई १० कित्ताका दरले १२ लाख ४८ हजार ९०० कित्ता शेयर वितरण गरिएको छ। बाँकी रहेका ४ कित्ता शेयर ४ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ।
माबिलुङ इनर्जीले सर्वसाधारणका लागि जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो।
 
माबिलुङ इनर्जीको आइपिओ बाँडफाँड सम्पन्न
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    