बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २८२.५८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले २६ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्त ४९ लाख २१ हजार रुपैयाँ घाटामा गएको देखिन्छ ।
३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८१ लाख निक्षेप सङ्कलन गरी १८ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १० करोड ८४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोष ३७ लाख ०१ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
बिपिडब्लु लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५१.२३ प्रतिशतले घटेर ४६ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.८८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नोक्सानी २१ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ६६ पैसा छ ।
बिपिडब्लु लघुवित्तको नोक्सानी ४९ लाख २१ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
