
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (बिहीबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठुलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५रुपैयाँ, सेतो आलु २७ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमासकोशा १००, तिते करेला ४०,लौका ४०,परवल ९०,पाकेको फर्सी ४०, घिरौँला ५०,भिण्डी ६०,स्कूस ४०, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरिलो ३००,ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग,११०,पालुङ्गो साग ११०, मेथीको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अङ्गुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।
 
आजको तरकारी र फलफूलको मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    