साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३१ अङ्कले बढेर १८२१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । माया खिला हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.७० प्रतिशत, हिमालयन उर्जा बिकाश कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.३५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डका शेयरधनीहरुले ४.५८ प्रतिशत र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका शेयरधनीहरुले ४.५३ प्रतिशतका दरले कमाएका छन् ।
यता, माइ खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाउँदा, एनआईबिएल ग्रोथ फण्ड ५.६४ प्रतिशत, इस्टर्न हाइड्रोपावर लिमिटेड ४.५९ प्रतिशत, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ४.३३ र बोटलर्स नेपाल लिमिटेड ३.०८ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
