साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९ दशमलव १८ अङ्कले घटेर १८५७ दशमलव २३ को विन्दुमा कायम भएको छ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६.०९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका शेयरधनीहरुले ५.६६ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ४.०३ प्रतिशत, युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले २.९२ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ का शेयरधनीहरुले २.६७ प्रतिशतका दरले कमाएका छन् ।
यता एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ५.३५ प्रतिशतले गुमाउँदा सन्राइज ब्लुचिप फण्ड ५.१९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ ३.९२ प्रतिशत, सान्जेन जलविद्युत कम्पनी लिमिटेड ३.८३ र मन्दाकिनी हाइड्रोपावर लिमिटेड ३.७६ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
