साताको पाचौँ कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर १८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ।आज कूल २७६ कम्पनीहरूका २५ लाख ३३ हजार ७१४ कित्ता शेयर रु. ७३ करोड २६ लाख ८९ हजार ८११ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नबिल बैङ्क लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ४ करोड ५० लाख बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्ट लिमिटेडको शेयर रु २ करोड २१ लाख ५५ हजार ५४ बराबरको शेयर कारोबार भएको छ।
यता, नबिल बैङ्क लिमिटेडको १ करोड ९६ लाख १२ हजार ८५० कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रु १ करोड ८४ लाख ४७ हजार ४८७ शेयर र एभरेस्ट बैङ्क लिमिटेडको १ करोड ६५ लाख ७० हजार ८६६ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
