थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ४ लाख ९२ हजार ५०० कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ७३ हजार ८७५ कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको २५ प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ४ लाख ९२ हजार ५०० कित्ता शेयर साधारण शेयर आयोजना प्रभावित क्षेत्रका अर्थात् खाेटाङ्ग जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साबिकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गा.वि.स) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साबिकको याम्खा, डाडागाउँ, छाेरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गा.वि.स) का बासिन्दाहरूका लागि निष्कासन गरिएको र बाँकी १५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ७५० कित्ता साधारण शेयर मध्येको १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख २५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ०९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति वैशाख २५ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि थ्रीस्टार हाईड्रोपावरकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
