धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव २७ अङ्कले घटेर १८६६ दशमलव ४० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १२ अङ्कले घटेर ३५७ दशमलव ०२ को विन्दुमा पुगेको छ ।
आज कूल २७१ कम्पनीहरूका २३ लाख ३६ हजार ६२५ कित्ता शेयर रु. ६९ करोड २२ लाख ७१ हजार ७५५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह १ दशमलव ०६ अङ्कले, जलविद्युत उपसमूह २०.६६ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १६ अङ्कले, लघुवित्त उपसमूह २०.६० अङ्कले, निर्जीवन बिमा २६.२५ अङ्कले र ट्रेडिङ उपसमूह ३१.५७ अङ्कले घटेका छन् । यता विकास बैङ्क उपसमूह १ दशमलव ५९ अङ्कले बढ्दा वित्त उपसमूह २ दशमलव १८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १०.७७ अङ्कले, जीवन बिमा उपसमूह ३.९३ अङ्कले, उत्पादन उपसमूह ९.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले र अन्य उपसमूह शून्य दशमलव २४ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ४.२७ अङ्कको गिरावट, नेप्से १८६६.४० को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
