नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्कासन गर्न पाउने छन् । बोर्डले एसियन हाइड्रोपावर लिमिटेडलाई ३४.७१ प्रतिशत आइपिओ जारीको स्वीकृति दिएकाे छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपिओ जारी गर्ने भएको हो।
यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपिओ जारी गर्न स्वीकृति पाएका छन्।
यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएकाे छ। शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपिओ जारी गर्न बोर्डले अनुमति दिएको छ।
कुन कुन जलविद्युत् कम्पनीले पाए आइपिओ जारी गर्ने अनुमति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

100.00%

0.00%

0.00%

0.00%
