साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर १९०५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज कूल २६४ कम्पनीहरूका २७ लाख ५७० कित्ता शेयर रु. ८८ करोड ५५ लाख ७८ हजार २७० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७ करोड ९१ हजार ५५७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, कालिन्चोक दर्शन लिमिटेडको शेयर रु ३ करोड ०१ लाख १६ हजार ६४८ बराबरको शेयर कारोबार भएको छ।
यता,नबिल बैङ्क लिमिटेडको २ करोड ६९ लाख ५० हजार ६७५ कारोबार हुँदा हिमालयन डिस्टिलरी लिमिटेडको रु २ करोड ३७ लाख ६२ हजार १४७ र हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडको २ करोड १३ लाख २१ हजार ५३७ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
