आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईँको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहार स्वरूप जनही नगद रु ७ हजार कम्पनीले प्रदान गर्ने छ । उक्त योजना २०८० वैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।
विदेशमा रहेका नेपालीहरूले आइएमई वा आइएमईका साझेदारहरू मार्फत पठाएको रकम आइएमई पे, बैङ्क डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी सो योजनामा सहभागी हुन सक्नेछन् ।
योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत कम्पनीले गर्नेछ भने सो सम्बन्धी जानकारी कम्पनीको आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका अतिरिक्त आम सञ्चार माध्यम मार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
“आइएमईको “७ मा ७” अफर”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
