शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको संस्थापक शेयर श्रावण १९ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ५० हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. १६५ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही योग्य व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले श्रावण २६ गते सम्ममा सो कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली-११,  काठमाडौँमा आइपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि र सो भन्दा माथि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको संस्थापक शेयर आज देखि लिलामीमा
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    