कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल चैत्र १६ गते, बिहीबार बसेको सञ्चालक समितिको ३४९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ४.६४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ४.४१ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ४.६४ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने कामना सेवा विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
कामना सेवा विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
