लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन २९ गते (आज) ११ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतका दरले हुन आउने रकम रु. १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १६ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
लक्ष्मी लघुवित्तले आज एघारौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
