प्रभु बैंकका संस्थापक शेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठ जना संस्थापक शेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने साे बैंकले जानकारी दिएकाे छ । बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेस गर्नुपर्नेछ ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौँमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने बैंकले जनाएको छ ।
५० लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
