गाेर्खाज फाईनान्स लिमिटेडका संस्थापक शेयरधनीले १३ हजार ५६५ कित्ता शेयर बिक्री गर्ने भएका छन् । फाईनान्सका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ११ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो फाईनान्सले जानकारी दिएको छ । फाईनान्सका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा वा कम शेयरको लागि मात्र निवेदन प्राप्त भएको खण्डमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने फाईनान्सले जनाएको छ ।
१३ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्री गर्दै गाेर्खाज फाईनान्स लिमिटेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
