ग्रिन भेन्चर्स लिमिटेडले असार २९ गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा बानेश्वर ब्याङक्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले कम्पनीको नियमावलीको नियम २७(३) मा सञ्चालकहरूको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको र नियमावलीको नियम २९(२) मा स्वतन्त्र सञ्चालकको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको तर कम्पनी एेनकाे दफा ९०(२) मा सञ्चालकको कार्यकाल ४ वर्ष हुने व्यवस्था भएकोले सो अनुकूल सञ्चालकको कार्यकाल ४ वर्ष राख्नको लागि नियमावलीका उक्त नियमहरूमा संशोधनको लागि विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
ग्रिन भेन्चर्स लिमिटेडले आज चौथौँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
