तारागाउँ रिजेन्सी हाेटल्स लिमिटेडले यही फाल्गुन ०३ गते बुधवारको दिन २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ १८ गते देखि फाल्गुन ०३ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा माघ १७ गतेसम्म (आज सम्म) कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले साधारण सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पनि पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ८.४२ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव पनि सोही सभाले स्वीकृत प्रदान गर्नेछ ।
तारागाउँ रिजेन्सी हाेटल्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
