हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेडले यही पौष २६ गते मंगलबारकाे दिन ११ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा अर्पण ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ५ करोड ५९ लाख ९० हजार १७७ रुपैयाँ ६३ पैसा बराबरकाे नगद लाभांश र ५ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैयाँ बराबरकाे बोनस शेयर गरी जम्मा ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
