
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर १८७० दशमलव ६५ को विन्दुमा कायम भएको छ।
आज एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को शेयर मूल्यमा ३.३३ प्रतिशतले वृद्धि हुँदा  सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।प्रभु बैङ्क डिबेंचर २०८७ का शेयरधनीहरुले ३.१८  प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले २.५९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का शेयरधनीहरुले २.४५ प्रतिशत र नारायणी डेभलपमेन्ट बैङ्क  का शेयरधनीहरुले २.०७  प्रतिशतका दरले कमाएका छन् ।
यता एनआईबिएल ग्रोथ फण्ड का लगानीकर्ताहरूले ८.८९ प्रतिशतले  गुमाउँदा  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड  ४.७० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड ४.६८ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड   ४.६४ र  पिपुल्स पावर लिमिटेड ४.६१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
 
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    