मेराेमाइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ ०६ गते (आज) १० औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा क्राउन हाेटल हारती, विदुर-५, गँगटे, नुवाकोटको सभाकक्षमा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम रु. १२ करोड बराबरको बोनस शेयर र १० प्रतिशतका दरले हुन आउने रकम रु. १२ करोड बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
साथै यस कम्पनीले अन्य ईजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २२ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
मेराेमाइक्राेफाइनान्स लघुवित्तले आज १० औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
