गाउँको उत्पादन सहरमा,सहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारी लाई मुलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकसित गराउने अभियान सुरु गरेको छ । पहिलो चरणमा स्याङ्जा,कास्की,तनहुँलाई केन्द्रबिन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्जाको हरिनास गाउँपालिकामा दग्धी मुक्तिनाथ बहूद्देश्यीय कृषि सहकारी संस्था लि.,कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाएको साे बैंकले बताएकाे छ । मुक्तिनाथ विकास बैंक लि.तथा मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकाल को अध्यक्षतामा आयोजित आम जनभेलामा सम्बन्धित गा.पा.तथा न.पा.प्रमुख,उपप्रमुख,वडा अध्यक्ष,स्थानीय बुद्धिजीवी,समाजसेवी, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो । प्रशिक्षणको सहजीकरण मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी भूमिराज भण्डारीले गर्नुभएको थियो ।
सहकारी दर्ता पश्चात् उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादक देखि उपभोक्ता सम्मको मूल्य श्रृखला निर्धारण गर्ने काम हुने कम्पनीले जनाएकाे छ । सहकारीमा आबद्ध शेयर सदस्यहरूलाई आफ्नो परियोजना सञ्चालनका लागि आवश्यक पुँजीको व्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ । कृषकहरूलाई आवश्यक कृषि सम्बन्धी तालिम,प्रशिक्षण,विउविजन,विषादी लगायतका उपजहरू र आवश्यक प्रविधिका सामाग्री तथा परामर्शहरू मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ । साथै कृषक तथा उद्यमीहरूले उत्पादन गरेका सम्पूर्ण सामाग्रीहरू सहकारी मार्फत सङ्कलन गरी मुक्तिनाथ कृषि कम्पनीले उपभोक्ता सम्म पुर्याउने कामको जिम्मा लिनेछ ।
यस किसिमको कार्य नेपालमै पहिलो पटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गइरहेको हुँदा यसले भविष्यमा कृषि पेसा सम्मानित पेसाको रूपमा विकसित भई हरेक घरघरमा रोजगारी सृजना हुने र यस पेसामा शिक्षित युवाहरूको समेत आकर्षण बढ्ने हुँदा बिदेसिने युवाको सङ्ख्यामा कमी आउनुको साथै भविष्यमा अर्थतन्त्रमा नै यसले ठुलो योगदान पुर्याउने कुरामा आफू ढुक्क रहेको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष ढकालले बताउनु भयो । भेलामा उपस्थित सम्पूर्ण स्थानीय जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखी ल्याइएको यस कामको उच्च प्रंशशा गर्दै यसलाई सफल बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता पेस भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको साे बैकंले बताएकाे छ ।
 
कृषि पेसालाई सम्मानित पेसा बनाउने मुक्तिनाथको अभियान
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    