नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांशमा थप कडाइ गरेको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजत पत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, ०७८ मा संशोधन गरेको जनाएको छ ।
संशोधित निर्देशनले २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गरेमा सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गरिने व्यवस्था छ । असार ०७८ मसान्तमा लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरूको बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी नहुने व्यवस्था थियो ।
इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको लाभांशमा थप कडाइ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
