वास्तविक क्षेत्र अन्तर्गत रहेर रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा कार्यहरू गरिरहेको र त्यस प्रकारका कम्पनीहरूमा समेत पुँजी लगानी गरिरहेको सो कम्पनीले विभिन्न प्रकारका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरी आफ्नो सातौँ साधारण सभा सम्पन्न गरेको छ |
यसै सन्दर्भमा कम्पनीले २०७८/०७९ को आम्दानीबाट १०% बोनस शेयर आम लगानीकर्ताहरूलाई दिने प्रस्ताव पारित गरेको छ | सभा मार्फत सो कम्पनीले कर प्रयोजनको लागि रु तीन करोड बढी रकम समेत छुट्टाएको छ | अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अरब ५१ करोड रुपैयाँ भएको सो कम्पनीले जारी पुँजीको ४०%ले हुन् आउने रकम बराबरको सार्वजनिक शेयर बुक बिल्डिंङ प्रणाली मार्फत प्रिमियम मूल्यमा IPO निष्कासन गर्ने गरी विशेष प्रस्ताव समेत पारित गरी आवश्यक प्रक्रिया धितोपत्र बोर्डमा प्रस्तुत गर्ने गरी अगाडी बढाउने निर्णय गरेको कम्पनी सचिव रोमनमान् श्रेष्ठले बताउनु भएको छ |
आरकेडी होल्डिंग अन्तर्गत टूरिज़म इन्भेस्टमेन्ट फन्ड लिमिटेड, पंचासे केबलकार एण्ड टूर्स लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, बिजबजार लिमिटेड, लर्ड बुद्ध इंटरनेशनल टूरिज़म गार्डेन, बन्दीपुर स्काईवाक् एण्ड रिक्रियसन प्रा लि, बन्दीपुर ब्यांक्युट एण्ड इभेंट प्रा लि, सिद्ध गुफा रोपवेज प्रा लि लगायतको कम्पनी लगानी समूह रहेको छ।
आरकेडी होल्डिंगले दस प्रतिशत बोनस शेयर दिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
