
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधवार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घट्दै ४ हजार ८३५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला २००० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
