ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गराइएको थियो । उक्त कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख श्री हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकद्वारा टीकापुर, कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
