ज्ञानमाण्डू।एन आई सी एसिया क्यापिटल लिमिटेड मिति २०७६ साल फागुन २२ गते सञ्चालनमा आएको तीन वर्ष पुरा गरेको जानकारी गराउँदछ ।
सञ्चालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैङ्किङ क्षेत्रमा सफल मर्चेण्ट बैंकरको रूपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैङ्किङ व्यवसायमा तीव्र रूपमा प्रतिशपर्दा रहँदा समेत एन आई सी एसिया क्यापिटल सञ्चालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धि हासिल गर्न सफल भएको छ ।
क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धिहरू :
- मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
- निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हित ग्राही खाता ।
- लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरूलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
- नेपालमै पहिलो पटक IPO ३७ घण्टमा बाँडफाँट गर्न सफल।
- सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सञ्चालन गरिरहेको ।
- शेयर रजिस्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी सेयर धनीहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
- ३५ हजार भन्दा बढी इकाई धनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋण पत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।
साथै क्यापिटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरूलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रूपमा हित ग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
क्यापिटलको तेस्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हित ग्राही खाता खोली शेयर कारोबार गर्नुहुने खाताधारकहरु, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिइरहेका सेवाग्राहीहरु, शेयर रजिस्ट्रार सेवामा आबद्ध कम्पनीहरू तथा नियमक निकायहरू लगायत सम्पूर्ण सरोकारवालाहरूमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न चाहन्छ । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने कुरा प्रेस विज्ञप्तिद्वारा जनाइएको छ ।