
गत वर्ष असार १५ गतेसम्म देशभर १४ दशमलव ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा २५ दशमलव २२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।
कर्णाली प्रदेशमा ४९ दशमलव १५, प्रदेश नं ५ मा ४५ दशमलव ९९, प्रदेश नं ३ मा ३६ दशमलव २२, गण्डकी प्रदेशमा ३५ दशमलव ६६, प्रदेश नं २ मा २९ दशमलव ०२ र प्रदेश नं १ मा २१ दशमलव ८० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
यसै गरी उच्च पहाडमा ४० दशमलव ७२, मध्य पहाडमा ३७ दशमलव ९५ र तराईको ३४ दशमलव ३४ प्रतिशत गरी ३५ दशमलव ४७ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष उच्च पहाडमा २९ दशमलव ९६, मध्य पहाडमा २३ दशमलव ०७ र तराईमा ११ दशमलव ०७ गरी १४ दशमलव ७४ प्रतिशत क्षेत्रमा रोपाइँ गरिएको थियो ।रासस