
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार भाद्र ४ गते, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वितरण गर्न घोषणा गरेको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले शुक्रबार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ६३४ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर मंगलबार सिनर्जी पावर डेभलपमेन्टको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ६९७ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।