एक सय ३९ नयाँ सङ्क्रमित फेला, ६२६ डिस्चार्ज

ज्ञानमाण्डू । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् । 

यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन/तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक/एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यस सँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३.५ प्रतिशत हो । 

हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए । 

प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् । 

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६४ लाख ३२ हजार ११० पुगेको छ । कोरोना भाइरसबाट छ लाख ५२ हजार ४३२ जनाले ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख छ हजार ५५४ कोरोना जितेर डिस्चार्ज भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x