ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
![global ime bank](https://1.bp.blogspot.com/-alNDX8wWO54/X9M6bluFbaI/AAAAAAAALDg/J3yOJgnhm58ghLd-ENcf1agHu3RPnrs_wCNcBGAsYHQ/s16000/globalimebank.jpg)
सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।
आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।