
ज्ञानमाण्डू। कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७  को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४० करोड १९ लाख ८९ हजार रुपैयाँ नाफा  कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 
१२  अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैंकले १ खर्ब १७ अर्ब २ करोड ६० लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १  खर्ब १० अर्ब ३२ करोड ५२ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३  अर्ब ५९ करोड ४३ लाख ३९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६७ कराेड ४ लाख २४ हजार रूपैयाँ रहेको छ ।
As on 30th Ashoj 2077 BS
विवरण  |   प्रथम त्रैमास २०७७/७८  (रू हजारमा)  |  
चुक्ता पुँजी  |   रू १२,५२,००,४९  |  
निक्षेप संकलन  |   रू १,१७,०२,६०,१८  |  
कर्जा लगानी  |   रू १,१०,३२,५२,६८  |  
खुद ब्याज आम्दानी  |   रू १,३१,५६,९७  |  
नाफा/(नाेक्सान)  |   रू ६०,२५,४३  |  
जगेडा कोष  |   रू ३,५९,४३,३९  |  
संचित मुनाफा  |   रू १,६७,०४,२४  |  
निष्कृय कर्जा    |   १.४३%  |  
प्रतिशेयर आम्दानी  |   १९ रुपैयाँ २५ पैसा  |  
प्रतिशेयर नेटवर्थ  |   १४२ रुपैयाँ ५ पैसा  |  
आम्दानी अनुपात  | ११.५८ गुणा  |  
 बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३.२४ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ५६ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै  बैंङ्ककाे वितरण याेग्य मुनाफा २५ कराेड ९१ लाख ३२ हजार रुपैयाँ र निष्कृय कर्जा  अनुपात १.४३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा छ  भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ५ पैसा छ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा छ ।
        
            
    
    