![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बुधबार मंसिर १ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच हुँदैछ ।