![](https://1.bp.blogspot.com/-5Jt5MGmBQlY/X6E3R9cjpEI/AAAAAAAAKkE/0WdXPwz5NNYUtgRPGI10GPq0kon-gs1PQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2020-11-03%2Bat%2B16.40.48.png)
अबुधाबी, युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ ।
प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्नु भएको थियो ।
उहाँले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताउनु भएको छ ।
केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।
युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।
तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन । रासस