ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड (Agni Incorporated) बिच व्यवसायिक सम्झौता भएको छ ।
सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ ।
उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेड (Agni Incorporated) को तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र Agni Incorporated का देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।