ज्ञानमाण्डू। मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिका सहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो । 
सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरी सहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस
