
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव १८ अंकले बढेर ४४३ मा पुगेको छ ।

आज कूल २११ कम्पनीका १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर रु ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २२ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १२ मध्ये ७ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ४.४३ अङ्कले घट्दा ट्रेडिङ ८.९२, होटल २२.७७, उत्पादन ६२.९४ र अन्य ११.७७ अङ्कले गिरावट आएको छ । त्यस्तै,विकास बैंक २.०१ अङ्कले बड्दा जलविद्युत् ५३.५९, निर्जीवन बीमा १८५.९८, वित्त ४५.९६, लघुवित्त २९ ।१९, जीवन बीमा ७२९.३७ र सामूहिक लागनी कोष ०.०२ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६१ करोड ४० लाख ८९ हजार ५०६ मा खरिद बिक्री भयो । त्यस्तै, प्रभु बैंकको शेयर रु २९ करोड ५२ लाख ३२ हजार ८५३, नेपाल पुनःबीमा कम्पनी रु २७ करोड ३६ लाख ५० हजार १३५ र शिखर इन्सुरेन्सको शेयर रु २५ करोड १९ लाख ६५ हजार ६१३ मा कारोवार भयो ।

परिसूचक उकालो लाग्दा बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८८ का दरले कमाएका छन् ।

यता विशाल बजार कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् , कामना सेवा विकस बैंकका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले तथा सिभिल लघुबित्त का लगानीकर्ताले ३ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् ।
