ज्ञानमाण्डू। सनराइज बैंकको नाफा ३७.०७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३३ करोड १४ लाख नाफा कमाएको थियो भने अहिले ४५ करोड ४३ लाख नाफा कमाएको देखिन्छ ।
८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ चुक्ता पुँजी रहेको सनराइज बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार १ सय १२ रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख ७१ हजार ५ सय ४० रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९४ करोड १६ लाख ८८ हजार ७ सय ७२ रुपैयाँ रहेको छ ।