
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १२ गते, सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने खासै असर नपरेको महासंघले जनाएको छ । नेपाली बजारमा आज पनि चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १ हजार २६० रुपैयाँमा किनबेच हुँदैछ ।