![](https://1.bp.blogspot.com/-3OAPzMn4lFg/YJ0BVErMXRI/AAAAAAAANps/pPSAYWKqvy4uLb0Tu5Eugg8EkXV3NwMAACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-13%2Bat%2B16.21.54.png)
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदै सर्वाधिक भाेल्यूमसहित नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबारी दिन नेप्से परिसूचक ३४ दशमलव ६८ अङ्कले बढेर २७९३ दशमलव ८९ को सर्वाधिक उच्च विन्दुमा कायम हुँदै अलटाइम हाइ रेकर्ड बनाएको छ ।
![](https://1.bp.blogspot.com/-amrssmvS0EQ/YKOSjcTLJqI/AAAAAAAANtw/TkhDHjWwT2s7FA4Q2i1A3wUhAoQ7bpbNgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-18%2Bat%2B15.55.00.png)
यस अघि नेप्से परिसूचकले २७५९.२१ विन्दुको रेकर्ड कायम गरेकोमा मंगलबार उक्त रेकर्डलाई तोडैदै नयाँ रेकर्ड बनाउन सफल भएको छ। नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले उकालो लाग्दा आज झन्डै तिन दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ४ दशमलव ६४ अङ्कले बढेर ४९७ दशमलव २२ को विन्दुमा पुगेको छ ।
आज कूल २१४ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर रु ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र एक उपसमूहको शेयर ओरालो लागेको छ । आज उत्पादन उपसमूह ५ दशमलव २८ अङ्कले घटेको छ ।
![](https://1.bp.blogspot.com/-Bm6o07AEJyQ/YKOJUctKO6I/AAAAAAAANtI/IcUE32thJg8t4bc9_admYCbknJ6TLVNBwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-18%2Bat%2B15.15.42.png)
कारोबारको आधारमा आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ६७ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ३.०४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अरुण काबेली पावर लिमिटेडको ३१ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । उक्त दुई कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज क्रमश: ६.७८ र ३.६९ प्रतिशतले वृद्धि भएको छ ।
यता आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ३० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यसै गरी, नागरिक लगानी कोष र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २७ करोड रुपैयाँ माथिको, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्मेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेडको २० करोड माथिको र बुटवल पावर कम्पनी लिमिटेडको १९ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। त्यस्तै, सिनर्जी पावर डेभेलपमेन्ट लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १८ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
![](https://1.bp.blogspot.com/-ldDS2twdkKk/YKONP4RKNxI/AAAAAAAANtg/zpvLs3CE_3g5elvV8jniT3I4JK_fNQHjACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-18%2Bat%2B15.32.27.png)
नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले उकालो लाग्दै अलटाइम हाइ रेकर्ड बनाउँदा आज झन्डै तिन दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज घलेम्दी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, समता घरेलु लघुवित्त, नेशनल हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, ओरियन्टल होटल्स, सोल्टी होटल, कालिका पावर कम्पनी, महिला लघुवित्त, विशाल बजार कम्पनी, बेष्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज होटल तथा पर्यटन उपसमूह ६ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ। वित्त उपसमूह ५ दशमलव ८६ प्रतिशतले र जलविद्युत उपसमूह ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।
![](https://1.bp.blogspot.com/-7nvyypUiKtQ/YKOQjnMYiKI/AAAAAAAANto/VlMwT23wQZcchpyIIjIYz5tRQNTirGFHQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-18%2Bat%2B15.46.31.png)
आज नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् । यता, अपर तामाकोशीका लगानीकर्ताले १ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ०.९५ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, १०.२५% ग्लोबल आईएमई बैंक लिमिटेड डिबेञ्चर २०८०/८१ का लगानीकर्ताले ०.९४ प्रतिशतका दरले गुमाएका छन्।
आज उत्पादन उपसमूह शुन्य दशमलव ०९ प्रतिशतले घटेको छ।