
ज्ञानमाण्डू।ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ)का लागि आवेदन दिने आज मंगलबार (माघ २७ गते) अन्तिम दिन हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हो।
ग्रीनलाइफ हाइड्रोपावरले निष्काशनमा ल्याएको कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ५९८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीले सर्वप्रथम आयोजना प्रभावित स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गरेको थियो । हाइड्रोपावरले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको र बाकी आवेदन नदिइएको कुल १६ लाख ८६ हजार ४०० कित्ता शेयर पनि यही प्राथमिक शेयर(आईपीओ)मा संलग्न गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ। सर्वसाधारण लगानीकर्ताले माग भन्दा ६ गुणा बढी आवेदन दिइसकेका छन् । सोमबार ४ः१८ बजेसम्म मा १० लाख ७६ हजार ९१४ जना सर्वसाधारण लगानीकर्ताले १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले मंगलबार कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन् । आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई “केयर (एनपि बि प्लस (आइएस)” रेटिङ प्रदान गरेको छ, अर्थात् कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँछ ।